: www.nayagau4bhurtunggulmi.blogspot.com
नाम : बिमल कुमार सुनार
Email: bimalkumar.sunar@gmail.com
यौटा सानो गजल
यहाँहरु को
सुझाब सल्लाह को आशा राख्दछु ।
बोल्दैमा कहाँ हुन्छ र काम गरेर देखाऊ ।
अरुको निम्ती तिमीले यहाँ मरेर देखाऊ ।।
महल भित्र संसार तिम्रो छानो छ सुनको ।
सक्छौ नै भने धुलोमा तिमी झरेर देखाऊ ।।
गरीब अनी निमुखा सबै भोकले मर्दैछन् ।
दिलमा दया छ भने भाँडो भरेर देखाऊ ।।
भाषान जैले छाटेर तिमी महान बन्दैछौ ।
आशुको सट्टा सबैमा खुशी छरेर देखाऊ ।।
कहिले तिमी परेको छैनौ चुलेसी धारमा ।
बेदना चिन्न अचानो तिमी बनेर देखाऊ ।।
घमन्ड छैन तिमीमा कथा झुप्रोको सुन्ने भा ।
हाम्रो त्यो गाउँ बस्तिमा बास सरेर देखाऊ ।।
कस्तो लाग्यो त .........? बोल्दैमा कहाँ हुन्छ र काम गरेर देखाऊ ।
अरुको निम्ती तिमीले यहाँ मरेर देखाऊ ।।
महल भित्र संसार तिम्रो छानो छ सुनको ।
सक्छौ नै भने धुलोमा तिमी झरेर देखाऊ ।।
गरीब अनी निमुखा सबै भोकले मर्दैछन् ।
दिलमा दया छ भने भाँडो भरेर देखाऊ ।।
भाषान जैले छाटेर तिमी महान बन्दैछौ ।
आशुको सट्टा सबैमा खुशी छरेर देखाऊ ।।
कहिले तिमी परेको छैनौ चुलेसी धारमा ।
बेदना चिन्न अचानो तिमी बनेर देखाऊ ।।
घमन्ड छैन तिमीमा कथा झुप्रोको सुन्ने भा ।
हाम्रो त्यो गाउँ बस्तिमा बास सरेर देखाऊ ।।

No comments:
Post a Comment